“आठौं सियचआइटिएफ रास्ट्रीय तेक्वान्दो प्रतियोगिता ” तथा सेमिनार सम्पन्न

जेष्ठ ३०, २०८० मा प्रकाशित | 587 views

काठमाडौँ । नेपाल छाङ हिन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा आठौं सियचआइटिएफ रास्ट्रीय तेक्वान्दो प्रतियोगिता तथा सेमिनार सम्पन्न भएको छ ।

श्री नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेल ललितपुरमा आईतबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै पुर्व शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री एंव बागलुङ क्षेत्र नम्बर २ का संघिय सांसद देवेन्द्र पौडेलले स्वस्थ जीबनको लागी खेलकुद अपरीहार्य रहेकोले यस क्षेत्रको बिकासको लागी सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपालमा खेलिने खेलकुदको संरक्षण, प्रबर्द्धन र खेलाडीको मनोबल सदैब उच्च राख्नको लागी आफुले सक्ने सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रिय प्रतियोगिताको औपचारिक रुपमा सुरुको खेलमा देशका विभिन्न जिल्लाबाट करिब ३५० बढी खेलाडीले विभिन्न बिधामा भाग लिएका थिए । प्रतियोगिता स्पाईरिङ, इन्डिभिजुअल प्याट्रन र ग्रुप प्याट्रन गरि ३ विधामा प्रतिस्पर्धा भएको हो ।

प्रतिस्पर्धामा टिम च्याम्पियन तर्फ १२ स्वर्ण सहित भक्तपुर टिम च्याम्पियन, ११ स्वर्ण सहित बागलुङ फस्ट रनर अप र ९ स्वर्ण सहित कास्किले सेकेण्ड रनर अप स्थान हासिल गर्न सफल भएका छन् ।

उत्कृष्ट सिनियर खेलाडी पुरुषतर्फ बागलुङका विजय बुढा मगर जुनियर तर्फ पनि नवलपरासीका आस्रित मस्राङ्गी र महिला सिनियर तर्फ भक्तपुरका सलिना भण्डारी र जुनियर तर्फ भक्तपुरका बिभासा पोखरेल छनोटमा परेका छन् ।

नेपाल सिएच आईटिएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय प्रतियोगिता तथा सेमिनारमा अन्तराष्ट्रिय टेक्निकल मेम्बर ग्रान्ड मास्टर चोङ सून (किनकालो पेटि ९ डान)ले सेल्फ डिफेन्स, बेसिक एवम प्याट्रन विधामा प्रशिक्षण प्रदान गरेको नेपाल सिएच आईटिएफका महासचिव रमेश विश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web