आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

जेष्ठ २९, २०८० मा प्रकाशित | 296 views

काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।

बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।

अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web