विद्यालयका कर्मचारी र ईसीडी शिक्षक प्रदर्शनमा

जेष्ठ २८, २०८० मा प्रकाशित | 257 views

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका छन् ।प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रको समस्या समाधान गर्न आवश्यक सङ्घीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोइ ?, श्रम शोषण बन्द गरलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सेवा सुविधा बढाउने भनिए पनि बजेटमा त्यस कुरा नआएकोले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

ईसीडी शिक्षकहरू महिनाको आठ हजार रुपैयाँ पारिश्रमिकमा काम गर्दै आएका छन् । केही पालिकाले विद्यालय कर्मचारी र बाल विकास शिक्षकलाई रकम थप गरेर महिनाको १७ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको भए पनि धेरैजसो पालिकाले रकम थपेका छैनन् ।

विरोध कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले माग पूरा नभएमा असार १ गतेपछि अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web