राष्ट्रिय शक्ति नेपाल–नुवाकोटले ज्ञापनपत्र बुझायो

त्रिशूली । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्यसमिती नुवाकाटले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको लागी दबाब स्वरुप जिल्ला प्रशाासन कार्यालय नुवाकोट मार्फत संघीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय शक्ति नेपाल नुवाकोटले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाएको हो ।

May be an image of 2 people, dais and text

आमजनतालाई समृद्ध नेपाल ः सुखी नेपालीको सपना देखाएपनि बर्तमान अबस्थामा स्थिर सरकार नभएका कारण देशमा भष्ट्रचार मौलाएको, आमजनताले दुख पाएको भन्दै अब त्यस्ता भष्ट्रचारी अन्त्यको लागी आफुहरु चुप नबस्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

May be an image of 2 people and text

देशमा आर्थिक मन्दी लागेको समयमा मन्त्रालय बढाएर आर्थिक भार थोपर्दै मुलुकलाई गरिबीमा धकेलेको, मिचिदै गएको सिमानाबारे सरकार मौन रहेको, मानब अधिकारबादी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्बोच्च अदालत जस्ता निकायहरुको कामकारबाही फितलो हुदै गएकोप्रति आक्रोश पोख्दै खबरदारीको लागी ज्ञापनपत्र बुझाएको राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्यसमिती नुवाकोटका जिल्ला अध्यक्ष रामकृष्ण भट्टले बताउनुभएको छ ।

May be an image of 2 people and text

TOP