तुवाँलोले ढाक्यो नेपाली आकाश

बैशाख ८, २०८० मा प्रकाशित | 257 views

काठमाडौँ । काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न जिल्लाको आकाश केही दिनदेखि तुवाँलोले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो जिल्लामा तुवाँलो लागिरहेको छ ।

डढेलो‚ खडेरीलगायतबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । यसबाट हुने प्रदूषणका कारण आँखा पोल्ने‚ श्वासप्रश्वासमा समेत समस्या देखिने र स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सिकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web