खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

बैशाख ३, २०८० मा प्रकाशित | 279 views

काठमाडौँ । खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान उडान अवतरण ठप्प भएको सिमरामा भने बिहान पौने ११ बजेदेखि उडान सुरु भएको छ ।

पोखरा, भरतपुर र सङ्खुवासभाको तुम्लिङटारमा भने अहिले पनि उडान अवतरण हुन सकेको छैन । मौसम सफा भएपछि मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । वायु प्रदूषणका कारण उडान अवतरण प्रभावित भएको हो ।

डढेलो, धुवाँधुलोलगायतका कारण प्रदूषण बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web