बैतडीको झौलेकमा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

चैत्र २९, २०७९ मा प्रकाशित | 249 views

बैतडी । बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलमा खाेजी तथा उद्धारको काम भैरहेको छ । थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web