समयमै मल नपाएको भन्दै बेलकोटगढीका किसानबाट नौ बुँदे ज्ञापनपत्र पेश

चैत्र २९, २०७९ मा प्रकाशित | 370 views

विदुर । किसानलाई बाली लगाउने समयमा रासायनिक मल नपाएको भन्दै बेलकोटगढी नगरपालिकाको किसानहरुले हिजो मंगलबार नुवाकोटको प्रमुख जिल्ला अधिकारीलाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

बेलकोटगढी नगरपालिकामा सञ्चालित विभिन्न कृषि सहकारी सँस्थामा आबद्ध रहेका सयौ किसानहरु विदुर स्थित लोकतान्त्रिक चौतारोमा भेला भएर नाराबाजी सहित प्रशासन कार्यालय घेराउ गर्दै मागको सम्बन्धमा ९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

किसानहरुले बिरोध ¥याली सहित मलको कोटा प्रणाली खारेज हुनुपर्ने, किसानको माग अनुसार मलखाद्य उपलब्ध गराउनुपर्ने लगायतको माग राखेर सरकार विरुद्ध समेत नाराबाजी गर्दै प्रशासन कार्यालयको मुख्यढोकामा धर्ना दिएका थिए ।

बेलकोटगढी नगरपालिकाको किसानहरुले नाराबाजी पश्चात नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई नौ बुँदे ज्ञापनपत्र बुझाउदै आवश्यक अनुसार मल उपलब्ध गराउनदेखि किसानलाई दुःख दिदै आएको बादर नियन्त्रण गर्नसम्म सरकारसंग माग गरेका छन् ।

किसानहरुले राखेको माग जायज भएपनि सम्बोधनको लागी प्रशासनको क्षेत्राधिकार भन्दा बाहिर रहेकाले आवश्यक सहजिकरणको लागी सहयोग हुने नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।

मलखाद्यको कोटा निर्धारण, जिल्लामा आउने मलको परिणाम, कुन पालिकामा के–कती पठाउने, लगायतमा प्रशासनको भूमिका केही नहुने भन्दै उहाँले किसानले उठाएको जायज मागको सम्बोधनको लागी स्थानीय सरकारको प्रयासमा प्रदेस र संघीय सरकारबाटै माग सम्बोधन गराउन पहल गर्ने बताउनुभएको छ ।

किसानले राखेको मागको सम्बोधनको लागी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिरको भएकाले त्यसको लागी माथिल्लो निकायमा लेखेर पठाउने तथा फोन मार्फत आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web