त्रिशूली । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति नुवाकोटको अध्यक्षमा वीरबहादुर तामाङ चयन हुनुभएको छ ।
नेपाल तामाङ घेदुङ नुवाकोटको शनिबार सुरु भएर आइतबार बिहान सम्पन्न भएको पाचौँ जिल्ला भेलाले शिवपुरी गाँउपालिकाको उपाध्यक्ष समेत रहनुभएका वीरबहादुर तामाङको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा सरोज तामाङ र शक्तिमाया तामाङ, सचिवमा रूपबहादुर तामाङ र सहसचिवमा दिपेश तामाङ तथा कोषाध्यक्षमा सूर्यबहादुर तामाङ चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा लिखुको सितादेवी तामाङ, म्यागङको पूर्णबहादुर तामाङ, विदुरको सुशीला वाइवा तामाङ, बेलकोटगढीको चतुरमान तामाङ, शिवपुरीको, गोपाल तामाङ, ककनीको, प्रतिका तामाङ, तादीको पुष्प तामाङ, दुप्चेश्वरको सोनाम तामाङ, पञ्चकन्याको रोजत तामाङ, किस्पाङको उर्मिला तामाङ र बेलकोटगढीको टेकबहादुर तामाङ चयन हुनुभएको हो ।
यसबीच, नवनिर्वाचित नयाँ कार्यसमितिले हिजो आइतबार बट्टारमा पत्रकार सम्मेलन गर्दै नेपाल तामाङ घेदुङको उद्देष्य अनुरुप अघि बढाएर बहुसङ्ख्यक तामाङ रहेको नुवाकोटमा सबैको छाता सँस्था तथा अभिभावक सस्ँथाको रुपमा भूमिका निर्वाह गर्न सक्रिय हुने जनाएको छ ।
पत्रकार सम्मेलनको क्रममा नवनिर्वाचित पदाधिकारीको साथमा अध्यक्ष वीरबहादुर तामाङले यसअघिको समन्वय समितिले गर्दै आएका कामलाई निरन्तरता दिने, घेदुङको उद्देष्य पूरा गर्न सक्रिय हुने, तामाङ भाषा–धर्म–सस्कृति–परम्परा तथा भेषाभूषाको संरक्षण गर्नको लागी केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको हो ।
24.34¡ÆC