सबै सरकारी वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

चैत्र १३, २०७९ मा प्रकाशित | 253 views

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।

कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो।

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको बताए ।

‘यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिंक राख्ने परिपाटीले एकातिर डेटा सर्भरमा भार पर्ने, व्याण्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजहरुमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ । यसले आर्थिक तथा प्राविधिकरुपमा समेत ठूलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो।’ उनले भने ।

सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेको हुँदा समयमै अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने अवस्था भएकाले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web