देशका धेरै ठाउँमा पानी पर्दै, सोमबारसम्म पानी पर्ने र हिमपातको सम्भावना

चैत्र ४, २०७९ मा प्रकाशित | 315 views

देशका धेरै ठाउँमा पानी पर्दै, सोमबारसम्म पानी पर्ने र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भइ पानी परिहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको जलवायुविज्ञ डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । नेपालमा पानी पारिरहेको प्रणाली आज बेलुकीसम्म देशभर फैलने र यसको प्रभाव आउँदो सोमबारसम्म रहने उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान् महाशाखाले पनि आफ्नो नियमित बुलेटिनमा अहिले देशका धेरै ठाउँमा पानी परिरहेको जानकारी दिदै सोमबारसम्मै पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले सूचना निकालेर अहिले सल्यान, रुकुम पूर्व, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, मकवानपुर, ललितपुर, सोलुखुम्बु लगायतका जिल्लाहरुका केही ठाउँमा मेघ गर्जन चट्याङसहित वर्षा तथा मुगु, डोल्पा लगायत हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web