डडेलो लागेको जग्गामा झारपात तथा बोटविरुवा नउम्रिएपछि स्थलगत अध्ययन

चैत्र २, २०७९ मा प्रकाशित | 409 views

रसुवा । डडेलोले उजाड बनाएको रसुवाको उत्तरी क्षेत्र गत्लाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ ।

२०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्ण रूपमा नष्ट भएपछि अहिलेसम्म नै उराठ बन्दै आएको छ । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टर अर्थात करीब ६ हजार रोपनी जग्गामा झारपात तथा बोटविरुवा समेत नउम्रिएपछि कारण खोज्नको लागी विज्ञ टोलीले स्थलगत अध्ययनमा परिचालन भएका छन् । उनीहरुले सुरुवाती चरणमा माटो परीक्षण गरेर काम थाल्ने बताएका छन् ।

समुद्र सतहदेखि दुई हजार ५०० मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने र ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रेपछि कारण खोज्न अध्ययन गर्न थालिएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । डिभिजन वन अधिकृत अनिल रेग्मीको अनुसार त्यहाँको १० सामुदायिक वनमा भने प्राकृतिक रूपको पुनःउत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web