नौ बुँदे “कल्याणीदेवी घोषणा–पत्र” जारी गर्दै सकियो २४औँ जुरेस तथा युरेस गोष्ठि

फाल्गुन २०, २०७९ मा प्रकाशित | 633 views

त्रिशूली । नुवाकोट जिल्लास्तरीय २४औँ जुनियर/युवा रेडक्रस सर्कल तथा शिक्षक नायक गोष्ठि नौ बुँदे घोषाणपत्र जारी गर्दै आज सकिएको छ । बेलकोटगढी नगरपालिका वडा नंं ८ च्यानथुम्कामा रहेको कल्याणीदेवी माध्यामिक विद्यालयमा दुई दिनसम्म चलेको गोष्ठिले नौ बुँदे कल्याणीदेवी घोषणा पत्र जारी गर्दै आगामी वर्षको गोष्ठि ऐसेलुभूमे मावि किस्पाङले सञ्चालने गर्ने जिम्मेवारी दिएको छ ।

गोष्ठिको दोश्रो तथा अन्तिम दिन आज एक वर्षे भावी कार्ययोजना निर्माण गर्दै नौ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको कार्यालय प्रमुख  समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नौ बुँदे घोषणा पत्रमा “जुनियर तथा युवा रेडक्रसको गतिवविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीयस्तरमै श्रोत संकलन तथा परिचालनमा विशेष जोड दिइने” लगायत जिल्लाभरका सबै विद्यालयमा जुयनयर युवा रेडक्रसको संगठानात्मक विकासलाई विस्तार गदै पालिकास्तरीय संरचना निर्माण गरिने लक्ष्य लिइएको छ ।

यसैगरी, प्रत्येक महिना एक विद्यालय–एक गतिविधि सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनको लागी स्थानीयस्तरमै श्रोत संकलन तथा परिचालनलाई प्रथामिकता दिने, युवा रेडक्रस सर्कलबाट कोष निर्माण गर्ने र रकम संकलन अभियान चलाउने, रेडक्रसले सञ्चालन गर्ने सबै गतिविधिमा युवा सर्कलहरुको सहभागिता सक्रिय रुपमा जनाउने उल्लेख गरिएको छ ।

यसैगरी, जुनियर/युवा रेडक्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ सुरक्षा सम्बन्धि मानवीय सेवाको साथै जनचेतनाको अभिबृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रबद्धन, अन्तराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्युनिकरण, त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोग लगायतका मानवीय सेवाका कार्यलाई अग्रस्थानमा रहेर सञ्चालनको लागी सक्रिय भूमिका निर्वाह गर्ने कल्याणीदेवी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नौ बुँदे “कल्याणीदेवी घोषणा–पत्र” यस प्रकार रहेको छ :


गोष्ठिको समापन कार्यक्रममा रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठ, मन्त्री उद्धव शर्मा रिजाल लगायतका पदाधिकारीले जुनियर रेडक्रस सर्कल रेडक्रसको अभिन्न अङ्गको रुपमा रहेर संगठन र सहभागिता प्रर्बद्धनमा पु-याउदै आएको योगदानलाई आगामी दिनमा थप जिवन्त बनाएर अघि बढ्नको लागी जारी गरेको घोषणा पत्र एंव प्रतिवद्धता पत्रको कार्यान्वयन पूरा गर्न आग्रह गर्नुभएको छ ।

आगामी कार्यक्रमको तालिका यस्तो छ :

फागुन १९ गते शुक्रबारदेखि सुरु भएर आज फागुन २० गते शनिबार सम्पन्न भएको कार्यक्रमको बन्द सत्रमा रेडक्रस अभियान तथा जुरेस युरेसको बारेमा अभिमुखीकरण कार्यक्रम संचालन उपस्थिति शिक्षक नायक तथा बिद्यार्थीहरुका लागि सहजिरकण मन्त्री उद्वब शर्मा रिजाल, शाखा कार्यालय नुवाकोटका कार्यालय प्रमुख समुन्द्रबाबू अधिकारी सहित टिकाराम सापकोटा, बद्रीराम प्याकुरेल लगायतलेले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो भने आजको  समापन उपप्रमुख शिवप्रसाद दाहालले गर्नुभएको हो ।

बेलकोटगढी नगरपालिकाको उपप्रमुख दाहालले कल्याणी माविमा जुरेस सञ्चालनको लागी कोष स्थापना गर्न एक महिनाको पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रमको थप तस्वीर सामाग्रिहरु :

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web