काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार भएको आईसीसी क्रिकेट विश्व कप लिग–२ मा सफलता हासिल गरेकोमा क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकोमा बधाई दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
29.12¡ÆC