लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा

फाल्गुन ३, २०७९ मा प्रकाशित | 255 views

काठमाडौँ । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो । प्रदेश स्थापना दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले शून्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभा र सरकारले केही गति लिएकाे अनुभूति हुन थालेको उल्लेख गर्नुभएको छ । लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग) रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ वटा जिल्ला छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web