चौघडा । लिखु गाँउपालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । लिखु गाँउपालिका वडा नंं. ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयमा आजदेखि सुरु भएको प्रतियोगिता बागमति प्रदेससभा सदस्य रमेशकुमार महत र लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेस नुवाकोटका सभापति समेत रहनुभएका रमेशकुमार महतले खेल मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि, नयाँ खेलाडीको उत्पादन र खेल क्षेत्रको विकासको लागी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।
यस्तै, लिखु गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले संघीय सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागी बजेट निकै कम भएपनि गाँउपालिकाको तर्फबाट आवश्यक बजेट थप गरेर प्रतियोगितालाई व्यवस्थित बनाउदै आइरहेको बताउनुभयो । नुवाकोटको अन्य पालिकाहरुको तुलनामा लिखु गाँउपालिकाले पाचौँ सँस्करणको प्रतियोगिता अघि बढाउनु खेल क्षेत्र प्रथामिकतामा राखिएको उदाहरण बताउदै यो वर्ष क्षेत्रपाल माध्यमिक विद्यालयमा नै जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा अधिकांश खेलहरु अन्तिम चरणमा पुगेपनि अन्तिम निर्णय सहितको समापन भने भोलि हुने प्रतियोगिताको व्यवस्थापक बबिन श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा एथलेक्टिक्सको विभिन्न १३ बिधामा छात्रछात्राहरुले प्रतिस्पर्धा गर्नेछन भने योसगैँ तेक्वान्दो, भलिबल, कबड्डी, ब्याडमिन्टनको एकल र डबल समेत गरेर प्रतियोगिताका सबै विधामा छात्र–छात्राहरुको प्रतिस्पर्धा रहने भएको छ ।
कुल ८७ वटा प्रतियोगिता सञ्चालन गराउन लागिएको छ भने लिखु गाँउपालिकास्तरीय माध्यमिकतह अन्तरगतको सामुदायिक र सँस्थागत गरेर ८ वटा विद्यालयमा अध्ययनरत चारसय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक बबिन श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगतामा आज सुरुवाती चरणका खेलहरु सम्पन्न भएकाले अधिकाश खेलको फाइनल सहितको आकर्षक प्रस्तुती सहितको समापन कार्यक्रम भोलि शनिबार क्षेत्रपाल मावि चौघडामा नै राखिएको छ ।

17.12¡ÆC