रेडक्रस नुवाकोट सभापतिमा हरि श्रेष्ठ बिजयी 

माघ २४, २०७९ मा प्रकाशित | 275 views

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको नयाँ नेतृत्व चयनको भएको छ । सोमबार भएको जिल्ला सभा मार्फ मन्त्री सहित पाच पदमा सर्वसम्मत मार्फत र सभापति सहित १२ पदमा निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
जिल्ला शाखा नुवाकोटको ३४ औं जिल्ला सभा मार्फत भएको अधिवेशनले सभापतीमा हरि श्रेष्ठ बिजयी हुनुभएको हो । उहाँले १११ मत ल्याएर बिजयी हुदाँ प्रतिस्पर्धी शिव गुणीको १६ मत मात्रै आएको छ ।

यस्तै, उपसभापतिहरुमा निरन्जन आचार्य र सुशीला चित्रकार, मन्त्रीमा उद्धब शर्मा रिजाल, उपमन्त्रीमा प्रेमप्रसाद रिमाल र उप कोषाध्यक्ष पदमा क्षेत्रबहादुर तामाङ सर्वसम्मत अर्थात निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, कोषाध्यक्षमा नबराज सुबेदी निर्वाचित हुनुभएको छ । उहाँले ९० मत ल्याएर बिजयी हुदाँ उहाँको प्रतिस्पर्धी बद्रीप्रसाद त्रिपाठीले ३३ मत मात्रै ल्याउनुभएको छ ।

यस्तै, ३ जना महिला सहित १० सदस्य पदहरु सबै निर्वाचन प्रक्रिया मार्फत चयन भएको हो । सदस्यहरुमा बिनोद पाठक, रमेश गिरी, ज्ञानेन्द्र गिरी, रूपबहादुर तामाङ, केशब सुबेदी, राजकुमार भट्टराई, शंकर अमात्य, सुशीला श्रेस्ठ, निर्मला प्याकुरेल र पार्बती भट्ट हुमागाई बिजयी हुनुभएको निर्वाचन अधिकारी मनोजकुमार थापाले जानकारी दिनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सोमबार भएको ३४औँ जिल्ला सभा शाखाको पूर्वअध्यक्ष रामप्रसाद जोशीको प्रमुख आतिथ्यता र कार्यबाहक सभापति निरञ्जनप्रसाद आचार्यको सभापतित्वमा रेडक्रसको आफ्नै भवन विदुरमा सम्पन्न भएको हो ।
जिल्लासभाको अवसरमा नुवाकोट जिल्लाभरबाट चयन हुनुभएका विदुर नगरपालिका वडा नंं १० का बद्रीराम प्याकुरेललाई ‘उत्कृष्ट स्वंय सेवक’ र बेलकोटगढी नगरपालिका वडा नंं ८ मा रहेको कल्याणी माध्यमिक विद्यालयलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ विद्यालयको रुपमा नगद रुपैयाँ सहित सम्मान गरिएको छ ।

यस्तै, खानीगाँउ उपशाखालाई उत्कृष्ट उपशाखाको रुपमा सम्मान गरिएको छ भने रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा सहयोग पुराएको भन्दै रेडक्रस नुवाकोटको पूर्वसभापति स्वर्गिय सुरतबहादुर चित्रकारको नाममा स्थापना गरिएको ‘सुरतबहादुर चित्रकार स्मृति पुरस्कार’ लिखु गाँउपालिकालाई प्रदान गरिएको छ ।

रेडक्रस नुवाकोटले जिल्लामा विपतको समयमा परिचालन, प्रथामिक उपचार तालिम, जुरेस÷युरेस गठन र क्रियाशिल गराउने, रक्तसञ्चार केन्द्र सञ्चालन, एम्बुलेन्स सेवा सञ्चालन सहित गृह मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्दै अन्तराष्ट्रिय मानवीय सँस्थाको रुपमा प्रतिष्ठित सस्थाको छवी कायम राखेर सेवा पुराउदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web