चारसय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्धाकरण

माघ २२, २०७९ मा प्रकाशित | 585 views

त्रिशूली । विदुर नगरपालिका मार्फत नगरभित्रका चारसय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्धाकरण गरिएको छ ।

विदुर नगरपालिका अन्तर्गत पशु विकास शाखाको चालु आर्थिक वर्षको रेविज नियन्त्रण कार्यक्रम अन्तर्गत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक अर्थात छाडा छोडिएका चारसय वटा कुकुरको बध्याकरण गरिएको नगरप्रमुखर राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सामुदायिक कुकुरहरूलाइ रेबिज रोग विरुद्धको कार्यक्रम अन्तरगत एक साताको अवधिमा नगरभित्रको सबै वडाका चारसय भन्दा बढी कुुकुरलाई रोबिज रोग विरुद्धको खोप लगाएको र बन्धाकरण गरिएको हो ।

May be an image of 5 people and outdoors

नगरपालिकाको अभियानमा प्राविधिक सहयोग नेपाल पशु कल्याण तथा अनुसन्धान केन्द्र बनेपाबाट आएका पशु प्राविधिकहरुले पुराएका थिए ।

अभियानको रुपमा सुरु भएको सामुदायिक कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाउने कार्यक्रम र बन्धाकरण सम्पन्न भएसगैँ उक्त कार्यमा संलग्न रहेका प्राविधिकहरुलाई नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार खनालले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

May be an image of 8 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web