प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि म्यागङलाइ

माघ २२, २०७९ मा प्रकाशित | 519 views

त्रिशूली । ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाँउपालिकाले जितेको छ ।

शनिबार भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाँउपालिकाले हराएको हो । प्रतियोगितामा पञ्चकन्या गाँउपालिका तेश्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएको म्यागङले एक लाख ५० हजार रुपैयाँ, दोश्रो भएको तादीले एक लाख रुपैयाँ र तेश्रो भएको पञ्चकन्याले ५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथी पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गर्नुभयो ।

उहाँले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योती माध्यामिक विद्यालय खरानीटारको खेल मैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणको लागी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

खेल मार्फत विकास, अनुशासन र गतिशिलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरुमा थप निरन्तरता दिदै महिला र पुरुष दुवैको सहभागिता गराउन आयोजक तादी गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभएको छ ।

यही माघ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाको बाह्र पालिकाबाट तेह्र समूहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web