रसुवा । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रवरी ३ अर्थात माघ २० गतेसम्म नाका बन्द गरेको जानकारी दिनुभएको हो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार पछिल्लो एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीनतर्फ लगिएको छ ।
नेपालबाट करिब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको हो । चीनबाट भने दैनिक १४ कन्टेनरको दरमा सामान नेपाल आउने गरेको छ । रसुवागढी–केरुङ नाकाबाट हुने व्यापार अब माघ २१ गतेदेखि मात्रै खुल्ने भएको हो ।
26.01¡ÆC