पञ्चकन्या गाउँपालिकामा तीन दिन बिदा

माघ ७, २०७९ मा प्रकाशित | 402 views

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीनदिन पर्व बिदा दिएको छ ।

गाउपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले हिजो शुक्रबार सूचना जारी गर्दै आज माघ ७ गते,  ८ र ९ गते तीनदिन ल्होछार पर्व मनाउन स्थानीय पर्व बिदा दिएको जानकारी गराउनुभएको हो । गएको पुस २९ गते बसेको गाँउ कार्यपालिकाको बैठकको निर्णयनुसार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा अवसरमा आज शनिबार सहित भोलि आइतबार ८ गते आइतबार नेपाल सरकारले सार्वजनिक बिदा दिएको हो । बिदाको दुईदिनलाई समेत जोडेर भोलि ९ गते समेत गरेर तीन दिन बिदा दिइएको छ ।

स्थानीय सरकारले दिन पाउने पर्व बिदामा समावेश गर्दै आज माघ ७ गते, भोलि ८ गते र पर्सि ९ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जारी गरेको सूचनामा भनिएको छ । बिदाको दिनमा गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, सामुदायिक तथा सँस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा हुने भएको छ ।

यस्तै, पर्व बिदाको सम्बन्धमा जारी गरिएको सूचनामा ल्होछार पर्वको माध्यमबाट सम्पूर्ण पालिकाबासीमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web