काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । तुवाँलोका कारण आन्तरिक र बाह्य उडान प्रभावित भएको हो ।
भिजिबिलिटी कम हुँदा आज बिहान मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमानलाई ‘डाईभर्ट’ गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपाल एअरलाइन्सको आरए–४१६ विमानलाई भारतको कोलकाता ‘डाईभर्ट’ गरिएको थियो ।
यस्तै नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको विमान पनि अवतरण गर्न नसकेपछि झापाको भद्रपुर डाईभर्ट गरिएको थियो । मौसम खुल्न थालेकाले अब बिस्तारै उडान अवतरण सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ ।
25.27¡ÆC