बाग्मती प्रदेशकी उपसभामुख चापागाईंद्वारा शपथ ग्रहण

माघ ३, २०७९ मा प्रकाशित | 224 views

काठमाडौँ । बाग्मती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएको छ । उपसभामुखमा हिजो साेमवार निर्वाचित हुनुभएकी चापागाईंलाई आज मङ्गलवार प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबीच प्रदेशका सभामुख भुवन पाठकले शथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागीय मन्त्री उद्धव थापा, प्रदेश सभा सांसद, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरू लगायतकाे उपस्थिति थियो ।

हिजो दिउँसो प्रदेश सभामा भएको उपसभामुखको चुनावमा चापागाईं निर्वाचित हुनुभएको हो । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरूसमेतको गरी ६१ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा सात सांसद रहेका थिए । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

एमालेकी चापागाईं ललितपुरबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web