२१ असार, जुम्ला ।
सरकारी कार्यालयका सवारि चालकहरुले सर्वसाधरणबाट मनपरि तरिकाबाट भाडा अशुल्ने गरेको पाइएको छ ।

सरकारि कामकाजका लागि प्रयोग हुने सेतो नम्बर प्लेट भएका गाडिहरुले सर्वसाधरणलाई हालेर भाडा लिने गरेको पाइएको हो ।

आइतबार जिल्लाको कुडारिमा वन कार्यालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको लागि गएको जिल्ला कृषि विकास कार्यालयको सेतो प्लेट भएको गाडिले ३ जना सर्वसाधारण हा लेर भाडा लिएको पाइएको छ ।

चालकले जिल्लाको मालिकाँठा गाविस रासा मालापानीका ३ जनाबाट कुडारीसम्मका लागि ३ सय ७० सय रुपैया भाडा लिएको पाइएको हो ।

सदरमुकामबाट काम गरेर घर तिर फर्केका मानवहादुर बुढा, शेरवहादुर बुढा र करविरे बुढाबाट जिल्ला कृषि विकास कार्यालय जुम्लाका चालकले खाजा खर्च वापत ३ सय ७० रुपैया लिएको पाइएको हो ।

गाडीमा यात्रा गर्ने अरुलाई पनि खाजा खर्चको रुपैया माग्ने गरेको गाडिमा यात्रा गरेकाहरुले बताएका छन् । सेतो नम्बर प्लेट भएका गाडिहरुले सरकारी कामकाज बाँहेक अरु कामका लागि प्रयोग गर्न पाइदैन ।

15.51¡ÆC