त्रिशूली । ३०१ औँ पुथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बट्टार तेक्वान्दो डोजाङ च्याम्पियन बन्न सफल भएको छ ।
हिजो नुवाकोटको बट्टार स्थित कबर्ड हलमा आयोजित प्रतियोगितामा च्याम्पियन टिम बट्टारले ५ स्वर्ण, १ रजत र ४ कास्य हातपार्न सफल भएका छन् भने सेन्टर डोजङ कोलनि २ स्वर्ण, २ रजत र २ कास्यका साथ दृतिय भएका हुन् । यस्तै, गुडवील एकेडेमी डोजाङ तृतीय भएका छन् । गुडवीलले २ स्वर्ण र २ रजत हासील गरेका छन् ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङ लगायत अतिथिहरूले मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
महिला तर्फ २८ देखि ४४ केजी सम्मको र पुरूष तर्फ १६ देखि ४० केजी सम्मको खेलाडीहरू बिच प्रतिस्पर्धा भएको नुवाकोट तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रतियोगितामा जिल्लाको १४ वटा डोजाङबाट १ सय ६० जना खेलाडीहरूको सहभागीता रहेको थियो । अहिले जिल्लाको विभिन्न स्थानमा १८ वटा डोजोङ सञ्चालित रहेको नुवाकोट तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिनुभएको छ ।
23.12¡ÆC