अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

पुस २३, २०७९ मा प्रकाशित | 566 views

त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । नुवाकोट प्रशासनले शुक्रबार विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जारी गरेको ‘अबैधानिक क्रसर उद्योग बन्द गर्ने तथा गराउने’ सम्बन्धि सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधनकार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना सकिएपछि पनि सञ्चलानमै रहेका उद्योग तत्काल बन्द गर्न भनिएको छ ।

 

मापदण्ड विपरित सञ्चालनमा रहेका तथा विकास–आयोजनाको नाममा चल्दै आएका क्रसरले निर्देशन नमाने कडा कारबाही गर्ने सूचनामा भनिएको छ ।

केही दिन अघि नेपाल सरकारले देशभरका अबैध रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेसगैँ त्यसको कार्यान्वयनको लागी नुवाकोट प्रशासनले सूचना जारी रहेको हो । अहिले नुवाकोटमा आधा दर्जन भन्दा बढी अबैध क्रसर उद्योगहरु निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।

अबैध रहेका उद्योगहरुलाई पटक पटक बन्द गर्नको लागी जिल्ला अनुगमन समिति र सर्वोच्व अदालतले आदेश दिएपनि यहाँका प्रहरी र प्रशासनकै सहयोग तथा जनप्रतिनिधि र दलीय संरक्षणमा निर्वाध रुपमा सञ्चालन भइरहेको हो ।

नेपाल सरकारले बनाएको क्रसर उद्योग सञ्चालन मापदण्ड अनुसार नुवाकोटका कुनै पनि उद्योग नपर्ने भएकाले सरकारको आदेश कार्यान्वयन गराउने हो भने सबै क्रसर उद्योगहरु बन्द गर्नुपर्ने भएपनि प्रहरी–प्रशासनको मौनतामा निर्वाध रुपमा चलिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web