बजेट कार्यान्वयन निराशाजनक, ६ महिनामा १२ प्रतिशत मात्रै खर्च

पुस २२, २०७९ मा प्रकाशित | 348 views

त्रिशूली । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनको क्रममा आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा बल्ल १२ प्रतिशत सक्किएको छ ।

चालु आर्थिक वर्षमा करिब दुई अर्ब बजेट प्राप्त भएर साढे चारसय योजना कार्यान्वयन गराउनुपर्नेमा आर्थिक वर्षको सुरुवातको समयमा निरन्तरको वर्षात, त्यसलगत्तै चाडपर्व, चुनावी आचारसंहिता र त्यसको गतिविधि सहित कार्यालयको लागी न्यून कर्मचारीको कारण लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न चुनौती देखिएको छ ।

सडक र पुल निर्माणका लागि कार्यान्वयनमा रहेका १३ बहुवर्षीयसहित थप आएका समेत चार सय ५६ योजनालाई एक अर्ब ९५ करोड बजेट प्राप्त भएकोमा केही धादिङको योजनाको बजेट समावेश भएको र केही सडक डिभिजन सडकतर्फ स्थान्तरण भएसगैँ पूर्वाधार विकास कार्यालयले यो वर्ष नुवाकोट र रसुवामा एक अर्ब ८४ करोड ५० लाख बजेटको काम गर्न लागिएको छ ।

पूर्वाधार विकास कार्यालयले सडक निर्माण तथा स्तरउन्नती सहित पक्कि र झोलुङ्गे पुलको लागी खर्च गर्नुपर्ने झण्डै दुई अर्ब रुपैयाँ मध्ये अहिलेसम्म १२ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख विरेन्द्रकुमार बज्राचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web