त्रिशूली । पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन यही पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै राष्ट्रिय शक्ति नेपाल, नुवाकोटले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय शक्ति नेपाल, नुवाकोटको तर्फबाट अध्यक्ष रामकृष्ण भट्ट सहित पदाधिकारी एंव शुभेच्छुकहरुले बिहीबार नुवाकोट प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै यही पुस २७ गते सार्वजनिक बिदाको माग गरिएको हो ।

यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिन र श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अंकित तस्वीर सहितको नेपाली नोट जारी गर्न माग गरिएको राष्ट्रिय शक्ति नेपाल, नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टले बुझाउनुभएको ज्ञापनपत्रमा भनिएको छ ।
पराम्परागत रुपमा नै विशेष उत्सवको रुपमा मनाइने गरिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन दिइने सार्वजनिक बिदामा कटौती गरिएपछि आम मानिसमा आएको असन्तुष्टको प्रतिनिधित्व गर्दै नुवाकोटबाट राष्ट्रिय शक्ति नेपालले प्रधानमन्त्रीलाई सार्वजनिक बिदा दिन गरिएको छ । यही पुस २७ गते देशभर नै बिदा दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाउन पुग्नुभएका विदुर नगरपालिका वडा नं. १ का ७५ वर्षीय भूपालजंग पाण्डेले अन्य विभिन्न दिवस तथा पर्वमा बिदा दिन मिल्ने तर, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा भने बिदा कटौती गर्नु न्यायोचित नभएको गुनासो गर्नुभयो ।
राष्ट्रिय शक्ति नेपाल, नुवाकोटले बुझाएको ज्ञापनपत्रको सम्बोधन प्रधानमन्त्री कार्यालयको लागी गरिएको र मागको सम्बोधन पनि प्रधानमन्त्री कार्यालयबाट हुने भएकाले छिट्टो माध्यमबाट सम्बन्धित स्थानमा पठाइदिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
20.27¡ÆC