ड्रागन फ्रुट ढेडवर्षमै उत्पादन सुरु

पुस ११, २०७९ मा प्रकाशित | 370 views

त्रिशुली । नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं. १ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीमा लगाएको ड्रागन फ्रुटको अठार महिनामा नै फल उत्पादन सुरु गरेको छ ।

नेपाल प्रहरीबाट सेवा निवृत्तपछि अवकास प्राप्त जीवन बिताउदै आउनुभएका स्थानीय कुमार थापाले ४८ रोपनी जग्गामा लगाएको ड्रागन फ्रुटले विरुवा रोपेको ढेडवर्षको अवधिमा नै उत्पादन लिन सुरु गर्नुभएको हो ।

झण्डै साढे दुई करोड रुपैयाँ लगानीमा लगाएको बाह्रहजार बिरुवा मध्ये पहिलो चरणमा रोपिएका बिरुवामा फल लाग्न थालेसगैँ नुवाकोटदेखि काठमाडौसम्म पुराएर बिक्री गर्दै आएको किसान कुमार थापाले जानकारी दिनुभएको छ ।

फार्ममा नै पुगेर खरिद गर्ने उपभोक्तालाई एक किलोको पाचसय रुपैयाँमा नै उपलब्ध हुने भएपनि काठमाडौको बजारमा एक किलोको आठसयसम्म आउने गरेको छ । स्वास्थ्यको लागी निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने भएकाले उपभोक्ताले यसलाई निकै रुचाएका छन् । ड्रागन फ्रुटलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवद्र्धक, औषधिको रुपमा सेवन गरिने भएकाले ग्राहकको रोजाईमा परेको पञ्चकन्या एग्रो टुरिजम प्रा.ली.का सञ्चालक कुमार थापाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web