उत्तरगयाधाममा पितृ तर्पण गरिदैँ

पुस ८, २०७९ मा प्रकाशित | 554 views

त्रिशुली । नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौष कृष्ण औंशीको अबशरमा आज दिवंगत व्यक्तिको नाममा पितृ तर्पण अर्थात श्राद्ध गर्न लागिएको छ ।

धार्मिक एवं पवित्र नदी त्रिशुली सहित सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर विभिन्न स्थानमा रहेका हिन्दु र बौद्ध धर्मालम्बीहरुले आज उत्तरगयाधाम वेत्रावतीमा आएर पितृ तर्पण अर्थात श्राद्ध गर्न लागेका छन् । आज पौषे औंसीको लागी श्रद्धालु भक्तजनहरु पितृहरुको स्मरणमा श्राद्ध गर्नको लागी अघिल्लो दिन हिजो देखि नै वेत्रावती सहित आसपासमा आएर बाँस बसेर अहिले बिहान श्राद्ध गर्ने बताएका छन् ।

हिन्दु धर्मालम्बीहरुको मुख्य चार धाम मध्ये नेपालमा रहेको एक मात्र उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र वेत्रावती उत्तरगयाधाममा आएका श्रद्धालुहरुले बताएका छन् ।

हिन्दु धर्मालम्बीहरुको पुराण अनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिडेका महादेवले त्रिशुल प्रहार गर्दा उत्पन्न भएको त्रिशुली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगा स्थित फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित रहेको छ ।

त्रिशुली, सलाँखु र फलाँखु नदीको त्रिबेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ्ग, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको उत्तरगया क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्षहरुमा पाच हजारले श्राद्ध गर्ने गरेकोमा यो वर्ष त्यो भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web