सानिमा बैंकको साधारण सभा सम्पन्न

पुस ३, २०७९ मा प्रकाशित | 312 views

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आज आइतवार १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिलेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित हुनुभएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web