काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।
बोर्डको अनुसार चालु शैक्षिक सत्र २०७९÷८० मा भर्ना भएका विद्यार्थीहरूले पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्ने भएका छन् ।
रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय रुपैयाँ तोकिएको छ भने आगामी पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र उक्त समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र दोब्बर शुल्क लाग्ने कार्यालयले सूचना जारी गरेको हो ।
सम्बन्धित विद्यालयले माघ १५ बैँक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने जनाएको छ ।
27.95¡ÆC