मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका एक युवाको निधन

मंसिर २७, २०७९ मा प्रकाशित | 570 views

काठमाडौँ । काठमाडौंको तारकेश्वर  नगरपालिका चिसापानी  सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाँउपािलका वडा नं .२ ओखरपौवा निवासी एक युवाको निधन भएको छ । बिरोधमा काठमडौ उपत्यकाको फोहोर बोक्ने सहित सबै यातायात साधन सोमबार दिनभर सञ्चालनमा अबरोध पुराइएको छ । काठमाडौँबाट नुवाकोट आउदै गरेको प्रदेश नं. ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयालको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौको चिसापानी स्थित सडक छेउमा घाइते अवस्थामा गएराती सविन फुँयालको उद्धार गरिएको थियो । त्यस लगत्तै उपचारका लागि ग्रीनसिटी अस्पताल पुराएपनि उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

सविन फुँयाल चढेको मोटरसाइकललाई कसले ठक्कर दिएको हो यनिक थाहाँ नभएको प्रहरीले जनाएको छ । घटनाको बिरोधमा नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ र २ का स्थानीयबासीले हिजो दिनभर काठमाडौँ तर्फको सडक अबरुद्ध बनाएका छन् । सडक अबरुद्ध हुदाँ काठमाडौबाट फोहार बोकेर आएका गाडीहरु सबै रोकिएको महानगरपािलकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभएको छ ।

घटनापश्चात् प्रहरी वृत्त बालाजुको टोली परिचालन गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएपनि ठक्कर दिनेको पहिचान नहुदाँ शव उठाउन आफन्तले मानेका छैनन भने सडक अबरुद्ध कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web