निर्धारित समय सीमाभित्रै कर दाखिला गर्न रसुवाबासीलाई आग्रह

मंसिर २२, २०७९ मा प्रकाशित | 313 views

रसुवा । स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समय सीमाभित्रै कर दाखिला गर्न रसुवाबासीलाई आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुको आयोजनामा भएको कर प्रशिक्षण समयमा नै सबैलाई कर तिर्न रसुवाबासीलाई अनुरोध गरिएको हो ।

रसुवा जिल्लामा स्थायी लेखा नम्बर अर्थात पान नं. लिएपछि आर्थिक वर्ष अनुसार गर्नुपर्ने विवरण अध्यावधिक नगर्ने, लाग्ने शुल्क नबुझाइ तोकिएको शुल्क समेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक गराउने कार्यमा सहयोग गर्ने बताउनुभएको छ ।

उक्त अवसरमा सामाजिक संघसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका थिए ।

स्थायी लेखा नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदान समेत नपाएको र प्रयोगविहीन भइरहेको जनाएका थिए । स्थायी लेखा नम्बर आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षाको प्राप्त ज्ञानले भावी दिनमा खारेज वा उपयोग गर्ने भन्ने विषयमा जागरण बढेको समेत सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web