काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँँले व्यक्तिगत, संस्थागत एवम् पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनै पनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले चुनावको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउनसक्ने अवस्थालाई मध्यनजर गरी त्यसबाट टाढा रहन निर्वाचन अधिकृतलाई निर्देशन दिनुभएको छ ।
यस्तै, कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक चुनाव गराउने कर्तव्यबाट विचलित नहुन पनि निर्वाचन आयुक्त थपलियाले निर्देशन दिनुभएको छ ।
26.01¡ÆC