रसुवागढी नाकाबाट सहज रुपमा सामग्री भित्रिँदै

कार्तिक ६, २०७९ मा प्रकाशित | 266 views

काठमाडौँ । चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चीनियाँ दाँते ओखर तथा स्याउ दशैँपछि भने दैनिक आयात हुन थालेको छ । अहिले फलफूलका रूपमा स्याउ र ओखर मुख्य रुपमा आयात गरेको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।

तिहार तथा छठमा फलफूल र भाइटीकाका लागि ओखरको माग हुनेगर्छ । चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चीनियाँ सीमा अधिकारीले गएको साउन २१ गतेदेखि भदौ २९ गतेसम्म नाका बन्द गरेका थिए । तर अहिले केही सहज भएको छ ।

पहिलाको तुलनामा आयात केही मात्रामा बढेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्याङ्कन गराइ जाँचपास गराउन जाँच टोली परिचालन गरिएको अधिकृत भण्डारीले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web