काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घट्यो

कार्तिक ३, २०७९ मा प्रकाशित | 239 views

काठमाडौँ । काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो ।

अस्ति २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

अहिले नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । मनसुन सकिए पछि पश्चिमी वायूको प्रभाव हाबी हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web