त्रिशुली । नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ को कार्यालयले सार्वजनिक क्षेत्रमा धुम्रपान र मद्यपान प्रयोगमा निषेध लगाइएको छ ।
वडा नं. ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले हालै जारी गरेको विज्ञप्ती अनुसार वडा नं.५ मा रहेको विद्यालय क्षेत्र, वडा कार्यालय सहित सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, सार्वजनिक स्थलहरुमा चुरोट, सूर्ति लगायतका धुम्रपान र जाडरक्सी लगायतका मदिराको सेवन नगर्नको लागी आग्रह गरिएको हो ।
वडा कार्यालयले जारी गरेको सूचनाको अवज्ञा गरेमा नियम अनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ले नै सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न नपाइने र गरेमा नगद रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ । हालैमात्रै काठमाडौ महानगरपालिकाले पनि सार्वजनिक स्थलमा धु्रमपान प्रयोग गर्न नपाइने नियम कार्यान्वयनमा ल्याएको छ ।

20.36¡ÆC