बेलकोटगढीमा एकसय दिनमा ‘एकसय एक राम्रो काम’ 

भदौ १५, २०७९ मा प्रकाशित | 430 views

त्रिशूली, नुवाकोटको बेलकोटगढी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले एक सय दिनमा ‘एक सय एक’ नयाँ काम गरेको दाबी गरेका छन् । नगरप्रमुख जगतबहादुर गुरुङले नियमित सेवा प्रवाह र विकास निर्माणमा जनपक्षीय सुधार थालनी गरेको जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिसहित कर्मचारीमार्फत दैनिक कार्य सञ्चालन बाहेक नगरवासीको हितमा नयाँ कामको थालनी भएको छ ।

May be an image of 5 people, people sitting, people standing and indoor

‘जनताको घरदैलोमा पुगेर गुनासो तथा पीरमर्का सुन्नेदेखि मन्त्रालयसम्म पुगेर थप बजेट ल्याउनको लागी गरिएको पहललाई नयाँ कामको रुपमा उल्लेख गरेका छौँ ।’ उनले भने, ‘विभिन्न कठिनाइको बीच सुरुआतको दिनको कार्यसम्पादन सन्तोषजनक भएकाले आगामी दिनमा यो स्पिड अझै बढाउछौँ’ बेलकोटगढीको ‘राम्रो काम’ मा सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा एकाइ, शिक्षा, स्वास्थ्य, रोजगार सेवा केन्द्र, प्रशासन-अनुगमन तथा योजना, पूर्वाधार विकास, न्यायिक समिति, आर्थिक विकास शाखाको कृषि र पशुलगायत विषयगत शाखामार्फत गरिएका कार्य सम्पादन लगायतसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

No description available.

अहिलेको नेतृत्वले गरेका सुधारका कार्यमा सहरी विकास मन्त्रालयमार्फत थप बजेट स्वरुप पूर्वाधार विकासका लागी एक करोड प्राप्त, निर्माण व्यवसायमार्फत ठेक्का रद्द भएर अलपत्र बनेको पासाङल्हामु सडकको पहिरो पन्छाउने तथा खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा ल्याएको, पालिकाको केन्द्रसहित मोबाइल नेटवर्कको पहुँच नपुगेको स्थानमा नयाँ बिटिएस टावर निर्माणको लागी सर्वेक्षण लगायतलाई राम्रो कामको रुपमा उल्लेख गरिएको छ ।

No description available.

पहिरो पीडितलाई ५० हजार र अग्नि पीडितलाई एक लाख राहत उपलब्ध, वडा नं. २ को कुमरी खोला र ११ को अमारे खोलामा आपतकालीन पुल निर्माण, कृषिमा आधुनिकीकरण र यान्त्रिकरणको लागी कोरियन कम्पनी ‘ग्रीन ल्याब’ सँग भगिनी सम्बन्धसहित सहकार्य सम्झौता, मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसिए–नेपाल) मार्फत वडा नं. ७ रातमाटेमा सबस्टेशन निर्माणले प्रभावित हुने स्थानीयवासीलाई राहतसहित पालिकाको लागी पूर्वाधार विकासमा सहकार्य प्रस्ताव, वडा नं. ५, ६ र ७ को सबै घरमा केन्द्रीय विद्युतीय प्रसारण विस्तार लगायतको कार्यलाई एकसय दिनको अवधिमा गरिएको उपलब्धिको रुपमा लिएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए ।

 

उनको अनुसार १३ वडा रहेको बेलकोटगढीमा अहिलेको नेतृत्वले गत जेठ ९ गते सपथ लिएर जिम्मेवारी सुरु गरेदेखि हालसम्मलाई ‘कामको लागी कमजोर’ भए पनि सेवा सुधारको लागि ‘अब्बल’ बनाउन सकिएको दाबी गरिएको छ ।

No description available.

‘निर्वाचित घोषणा भइरहँदा परेको अविरल वर्षातले सडक–बाटो अवरुद्ध भएसँगै जनतालाई धन्यवाद दिन टोलटोलमा जान सक्ने अवस्था थिएन ।’ उनले भने, ‘गत आवको अन्तिम समय भएकाले नयाँ योजना तथा कार्यक्रम ल्याउन नपाएको र चालु आवको खाता सञ्चालनमा आउन बाँकी रहेकाले बाहिर देखिने योजना नभए पनि सुशासन, नीति निर्माण, समन्वय तथा सहजीकरणमार्फत जनताको सुधारका काममा भने उल्लेख्य उपलब्धि हासिल गरेका छौँ ।’ पालिकाको प्रशासनिक कार्यदेखि वडा तहसम्म सेवाग्रहीमैत्री वातावरणको निर्माण र सुशासन कायम गराउन गरिएका प्रयास र भएका सुधारलाई जनप्रतिनिधिको सक्षम नेतृत्वको रुपमा लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितको भनाइ छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web