वर्षाका कारण धनगढी बजार जलमग्न

साउन ४, २०७९ मा प्रकाशित | 357 views

कैलाली । बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम थालिसकेको पनि उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web