चार सय ५७ जनामा कोरोना पुष्टि

साउन २, २०७९ मा प्रकाशित | 452 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ९८ हजार नाै सय जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web