नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा शुकुमान डंगोल नियुक्त

साउन १, २०७९ मा प्रकाशित | 405 views

नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्रमुखमा शुकुमान डंगोल नियुक्त हुनुभएको छ । यसअघिका क्याम्पस प्रमुख जितेन्द्र अर्यालले राजीनामा दिएसगैँ रिक्त रहेको क्याम्पस प्रमुखको जिम्मेवारी क्याम्पस सञ्चालक समितिको अध्यक्ष श्रीराम श्रेष्ठले डंगोललाई जिम्मेवारी दिनुभएको हो ।

क्याम्पस सञ्चालन समितिको बिधानको परिच्छेद १५ को दफा ४ बमोजिम क्याम्पस अध्इक्ष श्रीराम श्रेष्ठले क्याम्पस प्रमुखमा शुकुमान डंगोललाई नियुक्त गर्नुभएको हो ।

उक्त परिच्छेदमा क्याम्पस प्रमुख रिक्त रहेको अबस्थामा अध्यक्षले कार्यबाहक क्याम्पस प्रमुख तोक्न पाउने अधिकार प्रयोग गरेर अध्यक्ष श्रीराम श्रेष्ठले शुकुमान डंगोललाई क्याम्पस प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web