कुहिने र नकुहिने फोहर सङ्कलनको तालिका सार्वजनिक

असार ३२, २०७९ मा प्रकाशित | 588 views

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले भोलि साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।

महानगरले सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमवार र शुक्रवारलाई तोकेको छ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो ।

फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुने सूचनामा उल्लेख छ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web