राष्ट्रिय धर्म संस्कृति सम्मेलनको तयारी पूरा

असार २५, २०७९ मा प्रकाशित | 306 views

काठमाडौँ । राप्रपा नेपाल संवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले असार २६ र २७ गते काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैन लगायत विभिन्न सम्प्रदायका अगुवा लगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

सम्मेलनले धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र लगायत विषयहरु पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web