२४ घण्टामा ४१ जनामा कोरोना सङ्क्रमण

असार १३, २०७९ मा प्रकाशित | 353 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५८ जनाकाे नमुना परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा २० जना सङ्क्रमित निकाे भएका छन् । मन्त्रालयका अनुसार अहिले दुई सय आठ सय सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन ।

थप एक लाख २७ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web