विदुर नगरकार्यपालिकाको माइन्युट कार्यपालिका सदस्यले च्याते

असार १०, २०७९ मा प्रकाशित | 528 views

त्रिशूली । नुवाकोटको विदुर नगरकार्यपालिकाको असार ९ गते बसेको बैठकको निर्णय कार्यपालिका सदस्य एंव विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले च्यात्नुभएको छ ।
असार १० गते शुक्रबार बजेट ल्याउन पूर्वतयारी स्वरुप असार ९ गते बिहीबार बसेको कार्यपालिका बैठकबाट पारित बार्षिक नीति तथा कार्यक्रम एंव बजेट सम्बन्धि गरिएको निर्णयको माइन्युट च्यातिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।
असार १० गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एंव बजेट ल्याउन नगरपालिकाको जनप्रतिनधिहरु जिल्ला समन्वय समितिको सभाहल विदुरमा भेला भएको समयमा कार्यपालिका सदस्य एंव वडाध्यक्ष निलमबाबु ढुङ्गेल नगरपालिकाको कार्यालयमा प्रवेश गरेर बिहान ९ः३४ बजेको समयमा शाखा अधिकृत रामहरि खनालसंग फोटोकपी गर्नको लागी भनेर बैठकको निर्णय माग गरेर सोही समयमा निर्णय उल्लेख गरिएको पाना च्यातेको नगरप्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
फोटोकपि गरिसकेपछि निर्णय भएको माइन्युट च्यातेपछि शाखा अधिकृत खनालले खोसेर बाँकी माइन्युट कापी सुरक्षित गरेको उल्लेख गरिएको छ । उक्त कार्य वडाध्यक्ष निलमबाबु ढुङ्गेलले नै गरेको स्पष्ट नदेखिएपनि उहाँ नगरपालिकाको कार्यालयमा पुगेर माइन्युट कापी फोटोकपी गर्नको लागी एक कोठाबाठ अर्को कोठामा आउजाउ गरेको सिसिटिभी क्यामेराको दृष्य विदुर नगरपालिकाले सार्वजनिक गरेको छ ।

म बाट त्यस्तो हुन्न : वडाध्यक्ष ढुङ्गेल
माइन्युटको निर्णय च्यातेको अभियोग लागेका वडाध्यक्ष निलमबाबु ढुङ्गेलले भने आफूलाई बदनाम गराउन र राजनीतिक पूर्वाग्रहीको रुपमा झुठो आरोप लगाएको बताउनुभएको छ । नगरपालिकामा हुनसक्ने गलत कामको आफूले बढी चासोपूर्वक लिएकाले कमजोर बनाउन गलत अभियोग लगाएकाले त्यस्तो कार्य आफूबाट हुनै नसक्ने जिकिर गर्नुभएको छ ।

No description available.

संलग्नलाई कारबाही हुन्छ : नगरप्रमुख श्रेष्ठ
माइन्युट च्यातिएको सम्बन्धमा संलग्नको पहिचान पुष्टि भएपछि आवश्यक कारबाही अघि बढाउने तयारी भएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । माइन्युट च्यातिएको अभियोग लागेका वडाध्यक्ष ढुङ्गेल नेकपा एमालेको उम्मेदवारको रुपमा वडध्यक्षमा बिजयी हुनुभएको थियो । विदुरमा नेकपा एमालेको कार्यपालिका र नगरसभामा बहुमत छ ।
नेकपा एमालेका नगरसभा सदस्यहरु अनुपस्थित भएसगैँ गणपुरक सङ्ख्या नपुगेकाले असार १० गते बसेको दोश्रो नगरसभाको पहिलो अधिवेशन असार १४ गतेसम्मको लागी स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web