नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो, सडक ठप्प

जेष्ठ २७, २०७९ मा प्रकाशित | 370 views

काठमाडौँ । नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको छ । गाडीहरु रोकिएका छन् ।

चितवनको इच्छामनकामना गाउँपालिका-३ फिस्लिङ बजार नजिकैको तोपे खेलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड ठप्प भएको हो भने कालीखोलमा गएको पहिरोले मुग्लिन–नारायणगढ सडक ठप्प भएको हो ।

ढुङ्गासहित पहिरो खसेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । सडक खण्ड ठप्प भएकाले आज पनि यो नाकाहरुमै गाडी रोक्न भनिएको छ । अस्तिको पहिरोका कारण गाडी चापमा चलिरहेका बेला फेरि आज अर्का पहिरो गएको हो ।

अस्ति गएको पहिरो १४ घण्टापछि बल्ल हिजो दिउँसो अबेर हटाएर सडक खुलाइएको थियो । अस्तिको पहिरोका कारण अघि बिहानसम्म यो सडक खण्डमा लामो जाम थियो । जामका कारण यात्रुले सास्ती पाएका छन् । विशेषगरी बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web