काठमाण्डौ अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली ‘डाइभर्ट’, केही जहाज आकाशमै घुम्दै

जेष्ठ २५, २०७९ मा प्रकाशित | 522 views

काठमाडौँ । काठमाण्डौमा ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै ‘डाइभर्ट’ भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web