नुवाकोट, धादिङ र रसुवा समाज कुवेतको अधिवेशन तथा बार्षिक उत्सबकाे मिति र स्थान तोकियो

जेष्ठ १९, २०७९ मा प्रकाशित | 671 views

नुवाकोट । आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब जुलाई २२ तरिक २०२२ शुक्र्बार कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेनले जानकारी दिनुभएकाे छ ।

राेजगारकाे शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरु गर्दै सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नुवाकोट, धादिङ, रसुवा समाज कुवेतले कुवेतमा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरू अग्रसर रहदै आएको अध्यक्षले बताउनुभयो ।

संघले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ। दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवा बाट रोजगारीको सिलसिलामा कुवेतमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा सहभागिताकाे लागि समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गर्नुभएका छन् ।

साथै त्यस दिन कुवेतका क्रियाशील संघ संस्थाहरुले अन्य कार्यक्रम नगरिदिन समेत कार्यक्रमका संयोजक धर्म तामाङले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web