नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ १४, २०७९ मा प्रकाशित | 454 views

काठमाडौँ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

आज दिनभर पनि नीति तथा कार्यक्रममाथि छलफल र बहस भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे ।

नीति तथा कार्यक्रमलाई प्रतिनिधि सभा बैठकमा निर्णायार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी र छलफलमा भाग लिने सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।

नीति तथा कार्यक्रममा कार्यान्वयन हुन सक्ने विषय मात्रै समावेश भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण, आयात प्रतिस्थापन, कृषि उत्पादनमा वृद्धि लगायतका विषयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web